1100×100 Nabil Advert

नेपाल टेलिकमद्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग हस्तान्तरण

काठमाडौं । अविरल वर्षाका कारणले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबानलगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ ।

नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रु. १,०२,७०,२१४÷८३ (अक्षेरेपी एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध र पैसा त्रियासी मात्र) जम्मा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०८१÷०७÷१३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्नुहुँदै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन समेत दिनुभयो ।

प्रकाशित समय १५:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु