नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ढुंगानाले लिए सिलवालसमक्ष शपथ
ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुंगानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुंगानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
प्रकाशित समय १३:३५ बजे





















