1100×100 Nabil Advert

बन्दिपुर हिलले कार्तिक ९ देखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्दै

काठमाडौं । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा कार्तिक ९ देखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ । जस अन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । ‘सङ्गीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव-२०८१ मा सहभागी बनौँ’ भन्ने नारा सहित बन्दिपुर केबलकारको प्रवर्द्धक कम्पनी बन्दिपुर हिलले ख्याति प्राप्त कलाकारहरूको साङ्गीतिक कार्यक्रमका साथ यही कार्तिक ९ देखि १५ गतेसम्म बन्दिपुर केबलकारको लोअर स्टेसन, केबलकार चोकमा देउसी-भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाइलो मेला, फुड फेष्टिबल र स्थानीय हाटबजार कार्यक्रम सञ्चालन हुने बन्दिपुर हिलले जनाएको छ ।

देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसै गरी द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ । त्यसैगरी चाडपर्व उत्सव अन्तर्गत सञ्चालन हुने टिकटक प्रतियोगितामा बढी शेयर भएको भिडियो, बढी भ्युज भएको भिड्यो र उत्कृष्ट भिडियोलाई जनही १०, १० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ ।

साथै चाडपर्व उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरू आशिस राना (लाहुरे), ज्योति मगर, रचना रिमाल, बिलम राज क्षेत्री, युवराज घर्ती, शान्ता रानी परियार, रेसम निर्दाेश, रूपक डोटेल, विवेक, धिताल, आशा बिसी, राजेश बर्देवा लगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने नृत्य तर्फ बिनु कार्की, सम्झना गुरुङ, सविता रानाले नृत्य प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रवर्द्धकमा ड्राइभ इन रेस्टुरेन्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको कम्पनीले बताएको छ ।

प्रकाशित समय १२:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु