1100×100 Nabil Advert

इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं : मन्त्री भण्डारी

काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा राजधानीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताको सन्दर्भमा बृृहत छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आवश्यक तयारी र प्रभावकारिताको एकीन नभइकन कार्यान्वयनमा नजान जोड दिएको हो ।

कार्यक्रममा पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाएका छन् । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्दै प्रश्न गरे ।

‘केही समय अघिसम्म नेपालले दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको आवश्यक किन पर्यो ?’ उनले प्रश्न गरे । तथापि, आफुहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहीं राम्रो दिन आग्रह गरे ।

नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समय सम्मपनि कार्यान्वयन नहुँने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे । ‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो ?’ उनले संशय व्यक्त गरे ।

यस्तै उपभोक्ताकर्मी माधव तिमलसिनाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भएपनि यो उपभोक्ता र वातावरणमैत्री हुनुपर्ने धारणा राखे । पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्दैगर्दा यसको सहुलियत उपभोक्ताले मूल्यमा पाउनुपर्ने बताए ।

प्रकाशित समय १६:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु