1100×100 Nabil Advert

मौद्रिक नीतिमा राष्ट्र बैंकलाई दिए तीन निजी क्षेत्रका संस्थाले संयुक्त सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको सम्बन्धमा राष्ट्र बैंकलाई दवाबमा राख्न निजी क्षेत्र एक हुने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्श तथा नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको मौद्रिक नीति अन्तर्क्रिया कार्यक्रममा उनले मौद्रिक नीतिमा निजी संघ एक भएर उभिने बताए ।

अध्यक्ष ढकालले भने, ‘हामीले राष्ट्र बैंकलाई विभिन्न समयमा सुझाव दिदै आएका छौं यो हाम्रो पहिलो सुरुवात होइन । म साथीहरुलाई भन्न चाहन्छु, आउने दिनमा चाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझाव दिने कुरामा किन नहोस हामी एउटै हिसावमा, एउटै आवाजमा राष्ट्र बैंकलाई दवाबमा राख्न चेम्बर, सिएनआई र एफएनसीसीआई अगाडि बढ्ने छ ।’

राष्ट्र बैंकले वर्किङ क्यापिटल गाइडलाइन बैंकहरूलाई नै नियमन गर्न दिनुपर्ने धारणा राखेका ढकालले मौद्रिक नीति, बजेट लगायतका विभिन्न कुरामा राष्ट्र बैंकलाई तीनै, संघ एकीकृत भएर आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा सिएनआईका अध्यक्ष राजेश अग्रवाल तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समेत आ-आफ्नो भनाई राखेका थिए ।

प्रकाशित समय २२:३० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु