कोरोनाविरुद्ध जुध्न एनएमबि बैंकद्वारा डेढ करोडभन्दा बढी सहयोग

काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसारविरुद्घ अग्रसर हुन स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रकम प्रदान गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय तथा व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । यस बाहेक बैंकले अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरेको छ । जहाँ एनएमबि बैंकको मोबाइल बैकिङ संरचनाअन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कूल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिनेछ । ‘हामी विश्वास्त छौ कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दीगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई परास्त गर्न सरकार र जनतालाई सहयोग पु-याउने नवीनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्घ छ’ प्रमुख कार्यकारी अधिकृत केसीले भने ।
प्रकाशित समय १८:३२ बजे