V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरि आई स्टडि’को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् १० लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिओओ यमबहादुर महतले उक्त सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धान मार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो । २०१४ बाट शुरुवात भएको यस अध्ययनमा आँखासम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ ।
समाजमा प्रभावकारी योगदान पु¥याउने हेतुले स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले २ लाख ६० हजारभन्दा बढी खाताबाट ३४ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २८ अर्बभन्दा बढी लगानी गरेको छ ।

प्रकाशित समय २२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010