1100×100-Naima

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।

 

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्था १. मनकामना हिलक्रेष्ट होल कुरिनटार चितवनबाट लिने सेवा आवास तथा रेष्टुरेन्टमा १२.५ प्रतिशत २. एलोफ्ट काठमाडौं, छायाँदेवी कम्प्लेक्स ठमेलबाट खाना तथा पेय पदार्थमा १५ प्रतिशत ३.एल्लो हात्ती, लाजिम्पाट काठमाडौंबाट उपहार सामाग्री बिक्रि सेवामा १० प्रतिशत सम्म छुट लिन सक्नुहुनेछ । ४.अल्फा केयर डाईगोनोस्टिक सेन्टर, बुद्धनगर काठमाडौंबाट स्वास्थ्य परिक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट हुने छ । ५.दृष्टी आई केयर, कंलकी, काठमाडौंबाट नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशत सम्म छुट हुने छ । ६.ओरियन्ट क्याफे, दरबारमार्ग काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशत सम्म छुट हुने छ । ७. होटल स्मारक हेटौंडा मकवानपुरमा आवास र खाना तथा पेय पदार्थमा १५ प्रतिशत सम्म छुट पाउनुहुनेछ ।

 

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु