1100×100-Naima

जीवित एक्स्पो २०२६ सम्पन्न

काठमाडौं । भाइभ इभेन्ट एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा काठमाडौंमा ‘जीवित एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विभिन्न ब्राण्डका उत्पादनको प्रदर्शनी, ब्रान्डिङ तथा व्यवसायिक सम्भावनाबारे जानकारी गराइएको थियो ।

 

एक्स्पोमा विभिन्न ब्राण्डसँग सहकार्य तथा व्यवसाय गर्न इच्छुक व्यवसायी, वितरक तथा इन्फ्लुएन्सरहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूलाई बजारमा उपलब्ध नयाँ उत्पादन, व्यवसायिक अवसर तथा विभिन्न ब्राण्डसँग जोडिन सकिने सम्भावनाका विषयमा समेत जानकारी दिइएको थियो ।

 

एक्स्पोको प्रमुख आकर्षणमध्ये ग्लोरियस स्किन केयर पनि रहेको थियो । केही समयअघि नै बजारमा आएको ग्लोरियसलाई नयाँ ब्राण्डिङ, नयाँ प्याकेजिङ र थप परिष्कृत स्वरूपसहित ११ वटा विभिन्न उत्पादन एक्स्पोमार्फत सार्वजनिक गरिएको हो । डर्मेटोलोजिस्टबाट परीक्षण गरिएको भनिएको ग्लोरियसले स्किन केयरको क्षेत्रमा उपभोक्तामाझ आफ्नो पहिचान बनाउँदै गएको आयोजकले जनाएको छ ।

 

त्यसैगरी, पेप्सीकोला–सनसिटी रोडमा रहेको स्मार्ट हेल्थ क्लिनिकका सेवा तथा विशेषताबारे पनि एक्स्पोमा जानकारी गराइएको थियो । स्वास्थ्यसँग सम्बन्धित विभिन्न सेवा तथा सुविधाका विषयमा सहभागीहरूलाई जानकारी दिँदै स्मार्ट हेल्थ क्लिनिकलाई थप विश्वासिलो स्वास्थ्य सेवाको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो ।

 

एक्स्पोमै बालबालिकाका लागि लक्षित ‘मिन्जी’ मल्टिभिटामिन उत्पादन पनि सार्वजनिक गरिएको थियो। क्यान्डी फ्लेभरमा उपलब्ध मिन्जी बालबालिकाले सहज र स्वादिलो रूपमा सेवन गर्न सक्ने गरी तयार गरिएको उत्पादनका रूपमा प्रस्तुत गरिएको थियो । बालबालिकाको वृद्धि तथा विकासका लागि आवश्यक पोषणतत्त्व समेटिएको दाबी गरिएको मिन्जीले अभिभावकको समेत ध्यान आकर्षित गरेको थियो।

 

यसैगरी, बीआईएम ब्रान्डको पाउडर बेस्ड मिल्क प्रडक्ट पनि एक्स्पोमा सार्वजनिक गरिएको थियो। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय मिल्क प्रडक्टका रूपमा प्रस्तुत गरिएको बीआईएमले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ ।

 

दैनिक जीवनमा आवश्यक पर्ने पूजापाठ तथा धार्मिक सामग्रीको सहज उपलब्धताका लागि सञ्चालनमा रहेको ‘पूजा पाठ’ अनलाइन डेलिभरी सिस्टमका विषयमा पनि एक्स्पोमा जानकारी गराइएको थियो । जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने विभिन्न धार्मिक तथा पूजासम्बन्धी सामग्री घरमै डेलिभरी गर्ने यसको अवधारणाबारे सहभागीलाई जानकारी दिइएको थियो ।

 

त्यसैगरी, स्वास्थ्यसँग सम्बन्धित विभिन्न सामग्रीको बिक्री तथा वितरण गर्दै आएको स्मार्ट हेल्थ मार्टका सेवा तथा उत्पादनबारे पनि एक्स्पोमा जानकारी गराइएको थियो । समग्रमा, जीवित एक्स्पो २०२६ विभिन्न स्वास्थ्य, सौन्दर्य, पोषण तथा दैनिक जीवनसँग सम्बन्धित ब्राण्ड र उत्पादनलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ । नयाँ ब्राण्डको सार्वजनिकरणसँगै व्यवसायी, इन्फ्लुएन्सर तथा सम्भावित साझेदारहरूबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने उद्देश्य पनि एक्स्पोले पूरा गरेको आयोजकको भनाइ छ ।

 

विभिन्न ब्राण्डको उपस्थिति, व्यवसायिक सम्भावनाबारे जानकारी, इन्फ्लुएन्सरहरूको सहभागिता तथा नयाँ उत्पादनहरूको सार्वजनिकरणसँगै भाइभ इभेन्ट एण्ड मिडियाले आयोजना गरेको जीवित एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु