अर्थमन्त्री वाग्ले पुगे नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवनको उद्घाटनमा
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोप्रति अर्थमन्त्रीले खुशी प्रकट गरे । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्दै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत् ग्राहकहरुलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
सो कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिका प्रमुख श्रीमती मिनाकुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, बैंंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत बैंकका अन्य प्रतिनिधिहरु, बागमती प्रदेश तथा नगरपालिकाका अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल बैंक यस क्षेत्रको अग्रणी बैंक रहेको तथा अपाङ्गतामैत्री सेवासमेत समेट्ने गरी उत्कृष्ट सेवा प्रदान गर्न लागेको प्रति खुशी प्रकट गर्दै थप प्रभावकारी सेवा प्रवाहको लागि शुभकामना व्यक्त गरेका थिए ।
नेपालालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत् करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत् बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई दक्ष जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १६:३४ बजे






















