1100×100 Nabil Advert

एन आई सी एशियाको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगाल्नु भएकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त हुनुभएको छ ।

 

नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।

 

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको वहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्नु भएको थियो । बैंकको सञ्चालक पदमा नियुक्त हुनुभएकोमा अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ ।

प्रकाशित समय २२:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु