1100×100 Nabil Advert

प्राइम कमर्सियल बैंकको सञ्चालक समितिमा डा.बिष्ट निर्विरोध निर्वाचित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।

 

सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा.गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक हुनुहुन्थ्यो ।

 

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनीहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बंैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित समय २१:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु