एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
एनआइसी बैंकका ग्राहकहरुले ओपीडी, प्याथोलोजी, एक्सरे, युएसजी, इण्डोस्कोपी, कोलोनोस्कोपी, एचडीयुबेड, आइसीयु, सर्जरी, मेडिसिन, सिटि स्क्यानजस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआइसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जनाएका छन् ।
प्रकाशित समय १८:२४ बजे





















