1100×100 Nabil Advert

काईई एक्स३ प्रो ईभीमा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक

काठमाडौं । नेपालमा काईई इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले आफ्नो प्रमुख मोडल काईई एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।

 

कम्पनीका अनुसार यो अफर हाल भृकुटीमण्डपमा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा उपलब्ध हुनेछ । एक्स्पोमा स्टल A2 (हल  A को प्रवेशद्वारपछि दायाँपट्टि पहिलो स्टल) मा काईई गाडी अवलोकन गर्न सकिनेछ । बब्बाल अफरअन्तर्गत ग्राहकले नगद छुटका साथै ७.३ केडब्लु क्षमताको चार्जर, आठ वर्षको वारेन्टी, छ वर्षको निःशुल्क सर्भिस, र स्पेयर टायर पनि प्राप्त गर्नेछन्। यी सुविधासहित काईई एक्स३ प्रो ईभी हाल नेपाली बजारमा उपलब्ध विद्युतीय एसयूभीमध्ये सबैभन्दा उत्कृष्ट मूल्यमा उपलब्ध विकल्प बन्न पुगेको कम्पनीको दाबी छ ।

 

classictech Ice and ad

एक्स३ प्रो ईभीमा १२०/९९ किलोवाट क्षमताको मोटर, प्यानोरामिक मूनरुफ, अटो होल्ड, लिथियम आइरन फस्फेट ब्याट्री, १८३ एमएमको ग्राउन्ड क्लियरेन्स, भित्री भागमा लक्जरी इन्टेरियर, र सुरक्षित ड्राइभिङका लागि आवश्यक फिजिकल बटनजस्ता अत्याधुनिक विशेषता समावेश गरिएको छ। कम्पनीले काठमाडौँको नक्साल र थापाथलीसहित बिर्तामोड, पोखरा, भरतपुर, हेटौंडा, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, दाङ, धनगढी र विराटनगरमा रहेका आफ्ना अधिकृत शोरूममार्फत पनि यो अफर उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित समय १३:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु