1100×100 Nabil Advert

नेपाल एसबिआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल लण्डन र एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, क्यापिटल फाइनान्स इन्टरनेसनल लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अवार्डले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ ।

 

त्यसैगरी बैंक सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सद्वारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर-नेपाल’ र ‘एसएमई बैंक अफ द इयर-नेपाल’बाट सम्मानित भएको हो । यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ ।

 

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय १९:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु