1100×100 Nabil Advert

राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटिभद्वारा नगदसहित सम्मान

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)द्वारा काठमाडौंमा सम्मान गरिएको छ । राइडल साहलाई खादा, सम्मान पत्रसहित नगद रुपैयाँ ९५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर-६ अक्टोबर) भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भूभाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए । एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झण्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम)सँग आबद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ । नेपालको प्रतिनिधित्वमात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोर्टस्प्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउँछ ।

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भूभागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ । इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ ।

सफलता पश्चात दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु । रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’ दीपक साहले शुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुबासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो । दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र ¥याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ । बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पुर्‍याउनेछ । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । यसले सरल, स्थायी र रमाइलो सवारी अनुभव प्रदान गर्ने मोटरसाइकल उत्पादन गर्ने परम्परालाई निरन्तरता दिदै आएको छ । हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त सवारी हो । यसमा भएका विभिन्न क्षमता र सहनशीलताका कारण यो बाइक साहसिक यात्राका लागि विश्वभरका उत्साहीहरूको मनपर्ने बाइक बनेको छ । र्‍याली अफ हिमालयाज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो, जसले सहभागीहरूलाई हिमालय क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरूमा आफ्नो सीप र सहनशीलताको सीमा परीक्षण गर्न आकर्षित गर्दछ । इभेन्टले साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्धलाई जोड दिन्छ ।

प्रकाशित समय १९:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु