1100×100 Nabil Advert

डा. ए.पि.जे. अब्दुल कलाम फाउन्डेशनद्वारा मियाँ सम्मानित

हाउडा (कलकत्ता) । भारतका पूर्व राष्ट्रपति डा. ए.पि.जे. अब्दुल कलाम फाउन्डेशनद्वारा उहाँको ९३औं जन्मजयन्तीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कवि सम्मेलन तथा अन्तर्राष्ट्रिय स्रष्टा सम्मान २०२४ कार्यक्रममा प्रोफेसर मोहम्मद रमजान अली मियाँ सम्मानित हुनुभएको छ ।

कतारबासी नेपाली तथा गैरआवासीय नेपाली संघका कानूनी सल्लाहकार एवं कतारस्थित राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सो सम्मान हाउडाको ऐतिहासिक टाउन हलमा मेघालयको संसद्का सभामुख थोमस ए साङ्गमाको हातबाट प्रदान गरिएको थियो । कार्यक्रममा पश्चिम बंगाल राज्यका विभिन्न मन्त्रालयका मन्त्री तथा राज्यमन्त्री लगायत हाउडाका मेयर डा. रतिन चक्रवर्दीको पनि उपस्थिति रहेको थियो । प्रोफेसर मियाँ करिब डेढ दशकभन्दा बढी कतारमा नेपाली समाजका विभिन्न सामाजिक कार्यहरुमा संलग्न रही त्यहाँ रहेका आमश्रमिकको हितमा काम गर्दै र गैह्रअरबीलाई अरबी भाषाको शिक्षा दिंदै आउनु भएको छ । उहाँका हालसम्म ४० वटा कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित समय २२:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु