एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितको लागि ५० लाख रुपैयाँ सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरmलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।
प्रकाशित समय २२:०८ बजे





















