उच्च मनोबलका साथ काम गर्नुहोस् : सीइओ क्षेत्री
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखराको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखरा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु-सम्पन्न भयो ।
सो अबसरमा शुभकामना दिदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले व्यक्त गर्नुभयो । सीइओ चंकी क्षेत्रीले सम्पुर्ण कमाचारीलाई उच्च मनोबलका साथ इमान्दारी पूर्बक बिमालेख बुझाएर बेच्ने आग्रह गर्नुभयो, निसा गण्डकी बुद्दि प्रसाद अधिकारी, निसाका पुर्व संयोजक सुरेन्द्र बहादुर गोदार लगायतले शुभकाना दिनुभयो ।
कार्यक्रम पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पुर्ण कर्मचारीको उपस्थीती रहेको थियो, कम्पनी बारेमा नेशनलको अटिनेटर (सहायक महाप्रवन्धक) कविराज पौडेलले बताउनु भएको थियो भने प्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।
प्रकाशित समय १४:५५ बजे





















