सलिकोले गर्यो अटो व्यवसायीहरुसँग नगदरहित सम्झौता
काठमाडौं । महिन्द्रा फोर व्हीलरको बिराटनगर, इटहरी, धरानका आधिकारिक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईस्टर्न अटो प्वाइन्टले नगदरहित दावीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) सँग सम्झौता गरेको छ । सो सम्बन्धी आधिकारिक बिक्रेताको तर्फबाट इस्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापछि महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरु पाउने छन् । उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधिहरु, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधिहरु, स्थानीय बैंकका प्रतिनिधिहरु, बीमा सर्भेयरहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय २१:३९ बजे





















