कित्ताकाटमा पुन : समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको छ । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभएको हो ।
पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला बि.स २०७६ सालदेखि चलीरहेको हो । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो ।
देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक-पटक आउने गरेको छ । कित्ताकाट खुलेसँगै मङ्गलबारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमिब्यवस्था तथा अभिलेभल बिभागले जनाएको छ ।
प्रकाशित समय १५:४५ बजे





















