नेपाल एसबिआई बैंकले गर्यो भैरहवा शाखा स्थानान्तरण गरी नयाँ सेवा सुभारम्भ
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सिद्धार्थनगर नगरपालिका-५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं-८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।
उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रर्वद्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ११:१६ बजे





















