1100×100 Nabil Advert

उद्योग वाणिज्य महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको हो । गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको बताउनुभयो । साथै उहाँले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवद्र्धनलगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गर्नुभयो । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उहाँले भन्नुभयो, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार सँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गर्नुभएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताउनुभयो । महिलाहरूको ५७ के.जी. के-४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक हात पार्नुभएको थियो ।

पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह नाफामूलक संस्था हो ।

 

 

प्रकाशित समय १८:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु