1100×100 Nabil Advert

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौ । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

 

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवर्द्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गर्नुभएको छ ।

प्रकाशित समय १३:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु